Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • रञ्चुला साउदको हत्या अरोपमा सात जनाविरुद्ध किटानी जाहेरी

    रञ्चुला साउदको हत्या अरोपमा सात जनाविरुद्ध किटानी जाहेरी

    अनलाइन नेपाल
  • आइतबार, ४ बैशाख २०७९
  • 921
    SHARES

    कञ्चनपुर । वेदकोट नगरपालिका–६ की रञ्चुला साउदको हत्या भएको भन्दै आफन्तहरुले सात जनाविरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् ।

    शनिबार साउदको शव फेला परेपछि प्रहरीले अनुसन्धानका लागि भन्दै सात जनालाई पक्राउ गरेको थियो ।



    उनीहरुमाथि आफन्तले आइतबार जाहेरी दर्ता गराएका हुन ।आफन्तले वडा नम्बर ६ मा बस्दै आएका स्थानीय ३१ वर्षिया कमला साउद, ३८ वर्षिय गौरि साउद, ७२ वर्षिय नारायण भट्ट, ६० वर्षिय धर्मानन्द भट्ट, ३६ वर्षका चक्रसिंह साउद, ४३ वर्षका कुवेरबहादुर साउद र ५४ वर्षिया जानकी वराल विरुद्ध किटानी जाहेरी दर्ता गराएका हुन् ।



    वेदकोट नगरपालिकाका वडा सदस्य धनसिंह पुजाराले रन्जुलाको हत्या तीन दिन अघि नै भएको आरोप लगाए । महिलाको शव महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । उनको अटोप्सी रिपोर्ट नआएसम्म यकिन यहि हो भन्न सकिँदैन प्रहरी नायव उपरिक्षक चक्रबहादुर शाहले जानकारि दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार