Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • रञ्चुला साउदकाे मृत्यु प्रकरणमा सात जनाविरुद्ध जाहेरी दर्ता

    रञ्चुला साउदकाे मृत्यु प्रकरणमा सात जनाविरुद्ध जाहेरी दर्ता

    अनलाइन नेपाल
  • सोमबार, ५ बैशाख २०७९
  • 1K
    SHARES

    कञ्चनपुर । बेदकोट नगरपालिका–७ मुसेपानीकी ४३ वर्षीया रञ्चुला साउदको मृत्यु प्रकरणमा सात जनाविरुद्ध जाहेरी दर्ता भएको छ ।

    भीमदत्त नगरपालिका–७ हल्दुखालका धर्मानन्द भट्ट, वडा नं। १ बाराकुण्डाका नारायणदत्त भट्ट, मुसेपानीकी कमला साउदविरुद्ध जाहेरी परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए ।



    भट्टद्वय र साउद झारफुकको काम गर्छन् । यसैगरी, स्थानीय कुवेरसिंह साउद, गौरी साउद, कमला साउद, जानकी घडाल र चक्र साउदविरुद्ध ज्यान मार्ने उद्योगअन्र्तगत उजुरी भएको प्रहरी नायब उपरीक्षक शाहले बताए । मृतकका देवर पदम साउदले उनीहरूविरुद्ध आइतवार प्रहरीमा जाहेरी दिएका हुन् ।



    जाहेरी दर्ता भएसँगै घटनाको प्रहरीले अनुसन्धान कार्य अगाडि बढाएको छ । मृतकको शव महाकाली अस्पतालमा राखिएको छ । मृतकका आफन्तले शव बुझेका छैनन् । दिनभर मन्त्र जप्नुपर्ने भन्दै त्यही राखेका र वैशाख १ गते भूत धपाउने भन्दै कुटपिट गर्दा रञ्जुलाको मृत्यु भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार