Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कांग्रेसको घोषणापत्र तयारी समितिमा थप १९ जना सदस्य मनोनीत [नामावलीसहित]

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको 'स्थानीय तह निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति' मा थप १९ जना सदस्य मनोनयन गरेका छन् ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गएको फागुन ३ गतेको बैठकको निर्णयअनुसार महामन्त्री गगनकुमार थापा संयोजकत्वमा गठित समितिमा देउवाले थप सदस्य मनोनीत गरेका हुन् ।

सभापति देउवाले समिति सदस्यमा किरण यादव, फखरुद्दीन खान, प्रकाश पन्थ, उमा वादी, सन्तोषमणि नेपाल, डा. लोचन कार्की, श्याम पटेल, कृष्णप्रसाद तिमिल्सिना, नीलकण्ठ शर्मा, विभूषण विष्ट, शिशिर खनाल, सरोज पाठक, कञ्चन झा, प्रेम विश्वकर्मा, सुवास अधिकारी, डा. ई. सुमन कर्ण, गोकर्ण बन्जाडे, कृष्णकुमार सिंह र रमेश पुरीलाई मनोनीत गरे ।

समितिले लोकतन्त्र दिवसको अवसर पारेर वैशाख ११ गते घोषणापत्र सार्वजनिक गर्ने तयारीका साथ काम गरिरहेको छ।

मनोनयन हुनु भएका थप सदस्यहरू
१. सदस्य — किरण यादव
२. सदस्य — फखरुदीन खान
३. सदस्य — प्रकाश पन्थ
४. सदस्य — उमा वादी
५. सदस्य — सन्तोषमणि नेपाल
६. सदस्य — डा। लोचन कार्की
७. सदस्य — श्याम पटेल
८. सदस्य — कृष्णप्रसाद तिमिल्सीना
९. सदस्य — निलकण्ठ शर्मा
१०. सदस्य — विभुषण विष्ट
११. सदस्य — शिशिर खनाल
१२. सदस्य — सरोज पाठक
१३. सदस्य — कञ्चन झा
१४. सदस्य — प्रेम विश्वकर्मा
१५. सदस्य — सुवास अधिकारी
१६. सदस्य — डा. ई. सुमन कर्ण
१७. सदस्य — गोकर्ण बन्जाडे
१८. सदस्य — कृष्णकुमार सिंह
१९. सदस्य — रमेश पुरी

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077