काठमाडौं । सशस्त्र प्रहरीका नायब महानिरीक्षक (डीआईजी) राजु अर्याल सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाको लागि सिफारिस भएका छन् ।
आइतबार बसेको बढुवा समितिको बैठकले डीआईजी अर्याललाई एआईजीमा बढुवाको सिफारिस गरेको हो । अर्याल बरियतामा एक नम्बरमा रहेका थिए।
बढुवा समितिकाे सिफारिस अनुसार मन्त्रिपरिषद्ले एआईजीमा बढुवा गर्नेछ ।
अर्याल एआइजीमा बढुवा सिफारिस भएसँगै १९ बैशाखपछि उनी सशस्त्र प्रहरी महानिरीक्षक आईजीपी हुने पक्का भएको छ ।
सशस्त्र आईजीपी पुष्पराम केसी वैशाख १८ मा अवकाशमा जाँदैछन् ।
राजु अर्यालसँगै नारायण दत्त पौडेल र चन्द्रप्रकाश (सीपी) गौतम पनि बढुवाका मुख्य प्रतिस्पर्धी थिए।
