Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कांग्रेस ६ वटै महानगरमा तालमेलको विपक्षमा, केन्द्रबाट हुने निर्णयविरुद्ध उत्रने तयारी

काठमाडौं । सत्तारूढ पाँच दलले देशैभर स्थानीय तह निर्वाचनका लागि तालमेलको मोडालिटी बनाउँदै गर्दा नेपाली कांग्रेसको महानगर कार्यसमिति भने धमाधम तालमेलको विपक्षमा उभिएका छन् ।

देशका ६ वटै महानगर कार्यसमिति र महानगरका वडा समितिहरू नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वले गरेको तालमेलको निर्णयप्रति असन्तुष्ट छन् । उनीहरू कुनै हालतमा केन्द्रले थोपर्ने तालमेलको निर्णयविरुद्ध उत्रने तयारीमा छन् ।

२०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा ६ महानगरपालिकामध्ये कांग्रेसले विराटनगर र ललितपुर महानगरपालिकामा जित हात पारेको थियो । वीरगन्ज महानगरमा जसपा, पोखरा र काठमाडौंमा नेकपा एमाले तथा भरतपुरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका थिए ।

यसपटक भरतपुर महानगरपालिकामा कांग्रेस कुनै हालतमा अरू दलसँग तालमेल गरेर महानगरको प्रमुख पद छाड्ने पक्षमा छैन । भरतपुर महानगरमा शनिबार केही क्रियाशील सदस्य तथा साधारण सदस्यहरूले तालमेलविरुद्धमा पार्टी परित्याग गर्नेसम्मको घोषणा नै गरिसकेका छन् ।

यसैगरी वीरगन्ज महानगरपालिकामा पनि कांग्रेस प्रमुख पद छाडेर अरू दलसँग तालमेल गर्ने पक्षमा छैन भने काठमाडौं महानगर कांग्रेससमेत ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका नेतृत्व छाडेर अन्य दलसँग चुनावी तालमेल गर्ने पक्षमा छैन । यस्तै, पोखरा र विराटनगर महानगरमा पनि कांग्रेस स्थानीय तह निर्वाचनमा तालमेलको विपक्षमा छ ।

कांग्रेस काठमाडौं महानगर कार्यसमितिका सचिव सुसन वैद्यले काठमाडौं महानगर कांग्रेस कुनै दलसँग तालमेल नगरी एक्लै चुनावी मैदानमा उत्रने निर्णय गरेको जानकारी दिए । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077