Jul 17 2026 | २०८३, श्रावण १ गते

17 Jul 2026 | शुक्रवार, श्रावण १ गते २०८३

शुक्रवार, श्रावण १ गते २०८३
images
images

पल शाह प्रकरण : दुर्गेश थापालाई तनहुँ अदालतले बकपत्रका लागि बोलायो

काठमाडौं । गायक दुर्गेश थापालाई जिल्ला अदालत तनहुँले बोलाएको छ ।

नाबालिग गायिकामाथि अभिनेता पल शाहले बलात्कार गरेको घटनाका एकजना साक्षी भनिएका थापालाई अदालतले बोलाएको हो ।

आइतवारदेखि पीडित गायिका, जाहेरवाला उनका बाबु र अन्य साक्षीहरुसहितसँग जिल्ला अदालत तनहुँमा बकपत्र चलिरहेको छ।

यस्तोमा पीडित भनिएकी नाबालगि गायिकाको पक्षमा उभिएका गायक थापालाई बकपत्रका लागि तनहुँ अदालतले बोलाएको हो।

अदालतले बकपत्रका लागि बोलाएपछि दुर्गेश सोमबारै तनहुँतिर लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077