Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

निर्वाचन प्रभावकारी बनाउन कांग्रेस केन्द्रीय कार्यालयमा ‘प्रदेश डेस्क’ स्थापना

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यालयमा ‘प्रदेश डेस्क’ स्थापना गरेको छ ।

उपसभापति पूणर्बहादुर खड्काको संयोजकत्वमा गठित स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकको निर्णय अनुसार प्रदेश डेस्क स्थापना गरिएको हो ।

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीको विजयी अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन पार्टी केन्द्रीय कार्यालयमा ‘प्रदेश डेस्क’ स्थापना गरेका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सातवटै प्रदेश डेस्कसँग केन्द्रीय कार्यालयका तर्फबाट महामन्त्री विश्वप्रकाश शर्माले समन्वय गर्ने गरी सहमहामन्त्रीहरू प्रदेश डेस्कको संयोजक तोकिएका छन् । सहमहामन्त्री उमाकान्त चौधरीले कुनै जिम्मेवारी पाएका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077