Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • मेलम्ची खानेपानी विकास समितिले भन्यो-‘बागमतीमा पानी छाडिने भएकाले सतर्क रहनू’

    मेलम्ची खानेपानी विकास समितिले भन्यो-‘बागमतीमा पानी छाडिने भएकाले सतर्क रहनू’

    अनलाइन नेपाल
  • मंगलबार, ६ बैशाख २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले बागमती किनारमा बस्नेहरूलाई वैशाख मंगलबारदेखि सावधान रहन अनुरोध गरेको छ ।

    समितिले मेलम्ची खानेपानी आयोजनाको सुरुङ सफाइ क्रममा मेलम्ची नदीबाट पथान्तरण भई आएको पानी बागमती नदीमा छाडिने भएकाले सावधान रहन सूचना जारी गरेको हो।



    सुरुङ सफाइ क्रममा मेलम्ची नदीबाट पथान्तरण भई आएको पानी बागमती नदीमा छाडिने भएकाले सावधान रहन सूचना जारी गरेको आयोजनाले जनाएको छ।



    मेलम्चीको पानी छाडिएसँगै बागमती नदीमा पानीको बहाव बढ्दै जाने भएकाले तटीय क्षेत्रका बासिन्दाहरूलाई विशेष सावधान रहन समितिले अनुरोध गरेको हो। गत चैत २९ गते अस्थायी रूपमा मेलम्ची खानेपानी आयोजनाको सुरुङ सञ्चालन भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार