Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ब्रिटिस कलेजको गैर कानुनी धन्दा, भिजिट भिसामा दुबइ पठाएका ४६ जना विद्यार्थी अध्यागमनबाट फिर्ता

    ब्रिटिस कलेजको गैर कानुनी धन्दा, भिजिट भिसामा दुबइ पठाएका ४६ जना विद्यार्थी अध्यागमनबाट फिर्ता

    अनलाइन नेपाल
  • मंगलबार, ६ बैशाख २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । शिक्षा मन्त्रालयको सिफारिस विना दुबई जान लागेका द ब्रिटिस कलेजका ४६ जना विद्यार्थीलाई अध्यागमन कार्यालयले फर्काइदिएको छ ।

    भिजिट भिसामा दुबई जान लागेका जान लागेका उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयले फर्काइदिएको हो।



    मंगलबार बिहान दुबई जान अन्तराष्ट्रिय विमानस्थल पुगेका उनीहरुलाई शिक्षा तथा प्रविधि मन्त्रालयको सिफारिस र अध्यागमन विभागको पूर्व स्वीकृति नभएको भन्दै विमानस्थल स्थित अध्यागमन कार्यालयले प्रस्थान अनुमति दिन अस्विकार गरेको हो ।



    अध्यागमन कार्यालयले गृह मन्त्रालयले तोकेको मापदण्ड पूरा गर्न नसकेपछि ब्रिटिस कलेजका विद्यर्थीहरुलाई प्रस्थान अनुमति नदिएको जनाएको छ ।

    अध्यागमनलले विदेश जान नदिएपछि झगडा गर्न खोजेका विद्यार्थीहरुलाई अध्यागमनका अधिकारीहरुले गृह मन्त्रालयले तोकेको मापदण्ड पूरा गरेर आउन आग्रह गरेका थिए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार