Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चट्याङ लागेर एकको मृत्यु, दुई जना घाइते

काठमाडौं । काभ्रेमा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

महाभारत गाउँपालिका–७ स्थित केराबारीमा मंगलबार साँझ चट्याङ लाग्दा कान्छीमाया मोक्तानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

हावाहुरीसहित पानी परिरहेको बेला चट्याङ लाग्दा उनको मृत्यु भएको हो। चट्याङ लागेर मृतक किशोरीकी आमा सञ्चमाया मोक्तान र मामा बुद्ध घलान घाइते भएका छन् ।

उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077