Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस निर्वाचन परिचालन समितिद्धारा सात उपसमिति गठन, यी हुन् संयोजक [नामसहित]

काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले सात वटा उपसमिति गठन गरेको छ ।

उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको समितिको वैशाख २ गते बसेको बैठकको निर्णयअनुसार सातवटा उपसमिति गठन तथा संयोजक मनोनित गरिएको हो।

समितिअन्तर्गत भ्रातृ संघ समन्वय एवं परिचालन उपसमिति संयोजकमा सुरेन्द्रराज पाण्डे, आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिति संयोजकमा मीनबहादुर विश्वकर्मा मनोनित भएका छन्।

त्यसैगरी जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिमा जीतजंग बस्नेत र निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिमा रामहरी खतिवडालाई मनोनित गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यस्तै अनुगमन, मूल्याकंन तथा सुपरीवेक्षण उपसमितिमा प्रदीप पौडेल, शुभेच्छुक संस्था समन्वय एवं परिचालन उपसमितिमा मदनबहादुर अमात्य, विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिमा उदयशम्शेर राणा संयोजकमा मनोनित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077