Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्पेनिस ला लिगा : सोसिडाडलाई हराउँदै बार्सिलोना विजयी

काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा रियल सोसिडाडलाई पराजित गरेको छ ।

गएराति सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टोली रियल सोसिडाडलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा खेलको ११औं मिनेटमा पियरे इम्रिक औवामेयाङले विजयी गोल गरे।

फेरान टोरेसको क्रसमा उनले हेडमार्फत् गोल गरेका थिए । यो जितसँगै बार्सिलोना तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

बार्सिलोना शीर्ष स्थानको रियल मड्रिडभन्दा १५ अंकले पछि छ। रियल सोसिडाड तालिकाको छैटौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077