Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अमेरिकी संसद्को तल्लो र माथिल्लो सदनका प्रतिनिधि काठमाडौंमा

    अमेरिकी संसद्को तल्लो र माथिल्लो सदनका प्रतिनिधि काठमाडौंमा

    अनलाइन नेपाल
  • शुक्रबार, ९ बैशाख २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । अमेरिकी संसद्को तल्लो र माथिल्लो सदनका प्रतिनिधि नेपाल आइपुगेका छन् । नेपाल–अमेरिका कुटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वर्ष प्रवेशको पूर्व–सन्ध्यामा अमेरिकी पाँच सदस्यीय सांसदको टोली नेपाल आएको हो ।

    अमेरिका–नेपाल बीचको जारी दौत्य साझेदारीको एक हिस्साका रूपमा अमेरिकाको उच्चस्तरीय संसदीय टोली औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।



    अमेरिकी संसदीय टोलीको नेपाल भ्रमणका क्रममा रुसले युक्रेनमाथि गरेको आक्रमण लगायतका विषयमा पनि छलफल हुनेछ ।



    अमेरिकी संसदीय टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य सरकारी अधिकारी तथा राजनीतिक दलका नेतृत्वसँग भेटघाट र विभिन्न विषयमा छलफल गर्ने कार्यक्रम छ ।

    परराष्ट्र मन्त्रालयका अनुसार उक्त टोली र परराष्ट्र मन्त्री नारायण खड्काबीच शनिबार बिहान सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता हुने छ । टोली पर्सि नेपालबाट फर्किने कार्यक्रम रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार