Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

जग्गा अनियमितता प्रकरण : नगर विकास र मालपोतका कर्मचारीसहित १०९ जनामाथि मुद्धा दर्ता

काठमाडौं । तत्कालीन महेन्द्रनगर नगर विकास समितिको जग्गा अनियमितता प्रकरणमा १०९ जनामाथि विशेष अदालतमा मुद्धा दायर भएको छ ।

तत्कालीन नगर विकास समितिले सरकारी सार्वजनिक सम्पतीको गैरकानूनी रुपमा व्यक्तिका नाममा दर्ता र भोगचलन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा तीनवटा मुद्धा दर्ता गरेको हो ।

२०६४ पुस ६ गतको निर्णयबाट ९ जना कर्मचारीलाई १० कठ्ठा चार धुर जग्गा वितरण गरिएको भन्दै आयोगले २९ लाख ७४ हजार बिगोदावीसहित समितिका तत्कालीन अध्यक्ष कान्तुराम पनेरु, मालपोत कार्यालय कन्चनपुरका तत्कालीन कार्यालय प्रमुख विशन सिंह थापासमेत २२ जना उपर मुद्धा दायर गरेको अदालतका शाखा अधिकृत शाखा अधिकृत यज्ञराज रेग्मीले जानकारी दिए ।

यसअघि तत्कालीन समितिका पदाधिकारीले तोक आदेशका भरमा र प्रक्रिया नै पूरा नगरी जग्गा बिक्री, वितरण र लिजमा दिएको उजुरीपछि आयोगको टोलीले अनुसन्धान थालेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077