Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मोरङमा जुवा खेलिरहेको अवस्थामा ७ जना पक्राउ

मोरङ । ग्रामधान गाउँपालिका–४ कटहरामा जुवा खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका–५ बस्ने ५४ वर्षीय रूपेश कुमार तामाङसहित ७ जना छन् । उनीहरुलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६ लाख ४१ हजार ३ सय १५ रुपैयाँ र कौडासहित पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077