काठमाडौं । सोमबार अपरान्ह ५ बजेसम्म उम्मेदवारी दिन लाइन बसेकाहरुले मनोनयन दर्ता गर्न पाउने भएका छन् ।
निर्वाचन आयोगले सोमबार धेरै मनोनयन दर्ता हुने अनुमान गर्दै अपरान्ह ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा प्रवेश गर्नेलाई मनोनयन दर्ता गर्न दिने भएको हो ।
मनोनयन दर्ता गर्न चाहनेले सोमबार अपरान्ह ५ बजेसम्म सम्बन्धित जिल्लाको निर्वाचन अधिकृतको कार्यालयमा प्रवेश गरिसक्नुपर्नेछ आयोगले जनाएको छ ।