Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

हाल सम्म ३७ हजार ५८५ जनाले मनोनयन गर्दा गराए

काठमाडौं । निर्वाचन आयोगले ७७ वटै जिल्लामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता कार्य जारी रहेको जनाएको छ ।

आयोगले सोमबार दिउँसो ४ बजेसम्म ३७ हजार ५८५ जनाले मनोनयन गर्दा गराएको जनाएको छ ।

आयोगका अनुसार हालसम्म प्रमुख पदमा १३९५ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने अध्यक्ष पदमा १३२६ जनाले दर्ता गराएका छन् ।

यसैगरी उपप्रमुख पदमा ७८४ तथा उपाध्यक्ष पदमा ८२२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी वडाध्यक्ष पदमा ९ हजार ७९७ जना, महिला सदस्य पदमा ५८४९, महिला दलित सदस्य पदमा ५०९५ र सदस्य पदमा १२ हजार ५१७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077