Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

२० प्रतिशत मतपत्र छाप्न बाँकी, भोलीबाट हुने ढुवानीमा हेलिकप्टर प्रयोग

काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने मतपत्रको ८० प्रतिशत छपाई सकिएको जनाएको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ८० प्रतिशत मतपत्र छपाई सकिएको जानकारी गराएका हुन् । आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले मतपत्र छपाईलगायत निर्वाचन तयारीबारे जानकारी गराएका हुन् ।

प्रवक्ता पौडेलले पत्रकार सम्मेलनमा भने–‘सोमबारसम्म ६३ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार (करिब ८० प्रतिशत) मतपत्रको छपाइ सकिएको छ । बाँकी जिल्लाको मतपत्र छाप्नेक्रम जारी छ ।

स्थानीय तह निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने आयोगको अनुमान छ । आयोगले मंगलबारबाट मतपत्र ढुवानी सुरु गर्ने तयारी भइरहेको पनि जानकारी दिएको छ । अयोगले भनेको छ–‘निर्वाचन आयोगले ७७ वटै जिल्लामा निर्वाचन सामग्री पठाउने क्रम पूरा गरेको छ । वैशाख १३ गतेदेखि मतपत्र ढुवानी सुरु गर्ने तयारी भएको छ ।’ मतपत्र ढुवानीका लागि आवश्यक परेमा हेलिकप्टर पनि प्रयोग गर्ने आयोगको तयारी रहेको पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077