Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ताप्लेजुङका एक निर्वाचन अधिकृत हटाइए, नयाँ नियुक्त

काठमाडौं । निर्वाचन आयोगले ताप्लेजुङमा निर्वाचन अधिकृत हेरफेर गरेको छ ।

आयोगको सोमबार बसेको बैठकले पाथिभरा याङवरक गाउँपालिकाका निर्वाचन अधिकृत युवराज महतलाई हटाउने निर्णय गरेको हो ।

उनको स्थानमा महालेखा नियन्त्रकको कार्यालयका छविन्द्र वेल्वासेलाई खटाउने निर्णय भएको छ ।

वेलवासे हाजिर भएपछि बरबुझारथ गरेर महत जिम्मेवारी मुक्त हुने आयोगले जनाएको छ । उम्मेदवारी दर्ताकै अन्तिम दिन निर्वाचन अधिकृत हेरफेर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077