Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

युक्रेनका लागि नयाँ अमेरिकी राजदूतमा ब्रिजेट ब्रिंक नियुक्त

एजेन्सी । अमेरिकाले अनुभवी कूटनीतिज्ञ ब्रिजेट ब्रिंकलाई युक्रेनको राजदूत बनाएको छ।

यसअघि ह्वाइट हाउसले ब्रिङ्कले विगत तीन वर्षदेखि खाली रहेको मुख्य पद लिने घोषणा गरेको थियो।

रुसले युक्रेनलाई आक्रमण गरिरहेको बेला अमेरिकाले राजदूत नियुक्त गर्न लागेको हो।

अमेरिका र युक्रेनबीच घनिष्ट सम्बन्ध रहेको छ। रुसले आक्रमण गरिरहेको बेला अमेरिकाले युक्रेनलाई सबै सम्भव सहयोग उपलब्ध गराउने प्रयास गरिरहेको छ।

ब्रिङ्क विगत २५ वर्षदेखि कूटनीतिज्ञ छिन्। उनी हाल स्लोभाकियाका लागि अमेरिकी राजदूतका रूपमा कार्यरत छिन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077