Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देउवाको गृहजिल्लाका नेता कर्ण मल्ल कांग्रेसबाट निष्कासित

काठमाडौं । नेपाली कांग्रेस डडेल्धुराका पूर्व सभापति कर्ण मल्ल पार्टीबाट निष्कासित भएका छन् ।

नेता मल्ललाई पार्टीको विधान विपरित गतिविधि गरेको भन्दै कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको हो ।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लाका नेता मल्लले स्थानीय चुनावका लागि नेकपा एमालेसँग तालमेलको सहमति गरेका थिए । उनी सुदूरपश्चिम प्रदेश सभा सदस्यसमेत हुन् । मुख्यसचिव कृष्णप्रसाद पौडेलले मल्ललाई पार्टीको सदस्य समेत नरहने गरी हटाइएको जानकारी दिए ।

पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ-'नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) विपरीत गतिविधि गरेको हुनाले निजलाई नेपाली कांग्रेसको सदस्य समेत नरहने गरी निर्देशानुसार पार्टीबाट हटाइएको छ ।’

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077