Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महामन्त्री विश्वप्रकाशले भने-'उडन्ते सपनाहरूको गफको पुलिन्दा लेख्न कांग्रेसलाई आएन’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले धरातल छोडेर कांग्रेसले उडन्ते सपना नबाँड्ने टिप्पणी गरेका छन् । कांग्रेसको घोषणापत्रमा आफूले देखाएका रेलदेखि पानी जहाजसम्म महत्वाकांक्षी योजना र आफ्नो तीन वर्षे कार्यकालको आलोचना गरिएकोमा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार आक्रोश पोखेका थिए । ओलीको सोही आक्रोशमा जवाफ दिँदै महामन्त्री शर्माले कांग्रेसले जिम्मेवार सपना देखाउने बताएका हुन् । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई उडन्ते सपनाहरूको गफको पुलिन्दा घोषणा पत्रमा लेख्न नआएको बताएका छन् । घोषणापत्रबारे एमाले अध्यक्ष केपी ओलीको टिप्पणीप्रति लक्षित गर्दै शर्माले भनेका छन्, ‘तपाईंले मंगलग्रहमा माछापालन र चन्द्रमामा च्याऊ खेतीको सपना देखाउनमात्रै बाँकी राख्नुभएको छ, माफ गर्नुहोस् श्रद्धेय कमरेड, ‘उडन्ते सपनाहरूको गफको पुलिन्दा लेख्न कांग्रेसलाई आएन ।’ उनले कम्तीमा ओलीले विषयको बहसमा आउन चाहेको भन्दै धन्यवाद प्रकट गरेका छन् । महामन्त्री शर्माले कांग्रेसले जमिनमा टेकेर गर्न सकिने कामहरुमात्रै घोषणा पत्रमा उल्लेख गरेको दाबी गरेका छन् । ‘जिम्मेवार सपना त्यो होइन, जो उडन्ते गफ जस्तो हावामा उडिरहन्छ । सपना त्यो हो, जो जिम्मेवार ढंगले धरातलमा उभिन्छ । जमीनमा टेकेर गर्न सकिने कामहरू मात्रै उल्लेख कांग्रेसको घोषणापत्र श्रद्धेय कमरेडलाई मन परेन ठीकै छ,’ शर्माले भनेका छन्, ‘तर कम्तीमा विषयको बहसमा आउन चाहेकोमा धन्यवाद !’ आफूलाई जनउत्तेजनाको व्यापारी र उन्मादी भनेपछि जवाफ दिने क्रममा ओलीले कांग्रेसको घोषणापत्रलाई पागलहरुको प्रलाप, गालीपुराण र बकबासको संज्ञा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077