Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • घोषणापत्रबारे ओलीको अभिव्यक्तिमा कांग्रेसको आपत्ति, आचारसंहिताको धज्जी उडाएको आरोप

    घोषणापत्रबारे ओलीको अभिव्यक्तिमा कांग्रेसको आपत्ति, आचारसंहिताको धज्जी उडाएको आरोप

    अनलाइन नेपाल
  • मंगलबार, १३ बैशाख २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक डा प्रकाश शरण महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै दिएको अभिव्यक्ति खेदजनक भएको टिप्पणी गरेका छन् ।

    नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बुधबार अपरान्ह आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेकपा एमालेका अध्यक्ष ओलीले मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपाली काग्रेसको सङ्कल्प पत्रलाई बकवास र पागलहरुको प्रलाप भनेर टिप्पणी गरेका थिए । सो टिप्पणीलाई संयोजक महतले खेदजनक भएको बताए ।



    उनको संयोजकत्वमा बनेको केन्द्रीय प्रचार–प्रसार समिति अन्तरगतको नेपाली कांग्रेस सांस्कृतिक समन्वय प्रचार–प्रसार उपसमितिले आयोजना गरेको निर्वाचन भिडियोको विमोचन कार्यक्रमलाई संबोधन गर्दै उनले भने,“देशमा निर्वाचन आचारसंहिता लागू भैसकेको छ तर नेकपा एमालेका अध्यक्षको मुखबाट नेपाली कांग्रेस र हामीले सार्वजनिक गरेको घोषणापत्रप्रति निकै तल्लो स्तरको अभिव्यक्ति दिनुभएको छ । सामान्य अवस्थामा पनि बोल्न नहुने अभिव्यक्ति खेदजनक छन् ।”



    महतले एमालेले आचार संहिताको धज्जी उडाएको र त्यसप्रति संबन्धित निकायले ध्यानाकर्षण गर्न नसकेको भन्दै निर्वाचन आयोगप्रति रोष पनि प्रकट गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार