Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

रोल्पामा 'विप्लव' समूहका ६ नेताले दिए प्रमुख पदमा उम्मेदवारी

रोल्पा । रोल्पामा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका ६ जना नेता तथा कार्यकर्ताले स्थानीय तहको प्रमुख पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

स्थानीय तहको निर्वाचनका लागि थबाङसहितका स्थानीय तहमा उनीहरूले मनोनयन दर्ता गरेका हुन् । गंगादेव गाउँपालिकामा नेकपाका केन्द्रीय सदस्य चुडामणि वलीले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

यस्तै थबाङमा अमित घर्तीमगर, सुनिलस्मृतिमा कमल थापा, परिवर्तनमा लालबहादुर डाँगी, लुंग्रीमा भुपेन्द्र खड्का, सुनछहरीमा पुष्टमन घर्तीमगरले उम्मेदवारी दिएका हुन् ।

उम्मेदारी दिएका नेतमा वली पार्टीका केन्द्रीय सदस्यसमेत हुन् । अरु उम्मेदवार भने जिल्ला सदस्य हुन् । यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077