Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • चुनावी घोषणापत्रमा ओलीले गरेको टिप्पणीको गगन थापाले जवाफ दिने

    चुनावी घोषणापत्रमा ओलीले गरेको टिप्पणीको गगन थापाले जवाफ दिने

    अनलाइन नेपाल
  • बुधबार, १४ बैशाख २०७९
  • 999
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्रमाथि गरेको टिप्पणीबारे कांग्रेस नेता गगन थापाले जवाफ दिन लागेका छन् ।

    कांग्रेसका महामन्त्री एवम् निर्वाचन घोषणापत्रका संयोजक थापाले दिउँसो १ बजे बत्तिसपुतलीमा आयोजित निर्वाचन अभियान सम्बन्धी कार्यक्रममार्फत् जवाफ दिन लागेका हुन् ।



    अनुपम फुडल्याण्डमा ‘स्थानीय तह निर्वाचन अभियान र सम्पर्क समितिहरूको भूमिका’ विषयमा कार्यक्रम आयोजना गरिएको छ । यही कार्यक्रममार्फत् थापाले ओलीको अभिव्यक्तिको जवाफ दिने नेपाली कांग्रेसले जनाएको छ ।



    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार आयोजित एक सार्वजनिक कार्यक्रममा कांग्रेसको चुनावी घोषणापत्रलाई ‘पागलहरुको प्रलाप’ भनेर आलोचना गरेका थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार