Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गहुँको समर्थन मूल्य निर्धारण, प्रतिक्विन्टल कति ?

काठमाडौं । सरकारले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार सरकारले ०७९/८० का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १६५ निर्धारण गर्ने निर्णय गरेको हो। सरकारले ०७८/७९ का लागि समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १११ तोकेको थियो।

गत वर्षको तुलनामा चालु वर्षका लागि सरकारले प्रतिक्विन्टल ५४ रुपैयाँले बढाएको हो। यस्तैगरी, ०७७/७८ का लागि ३ हजार १५ निर्धारण गरिएको थियो। सरकारले प्रत्येक वर्ष गहुँ, धान तथा उखुको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077