Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

स्थानीय तह निर्वाचनका लागि आज उम्मेदवारको नामावली प्रकाशन हुँदै

काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दर्ता भएको निर्वाचन मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरिरहेको छ । बुधबारदेखि जारी मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गर्ने काम आज पनि जारी रहने आयोगको कार्यतालिका थियो ।

हिजो र आज मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गर्ने आयोगको कार्यतालिका थियो । आयोगले वैशाख १३ गते उमेदवारको विरोधमा उजुरी दिन सकिने व्यवस्था गरेको थियो ।

१३ गते साँझ ५ बजेसम्म स्थानीय तह निर्वाचनका लागि उमेदवारी मनोनयन दर्ता गराएकाहरूको विरोधमा उजुरी दिने समय ताकिएको थियो । आज साँझ ६ बजे मनोनयन भएको उमेदवारको नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिका छ ।

त्यस्तै, आयोगको तालिका अनुसार १६ गते (भोलि) साँझ ५ बजेसम्म उमेदवारी फिर्ता लिन सकिनेछ । भोलि साँझ ५ बजे आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ । वैशाख ३० गते हुने निर्वाचनमा ३५ हजार २२१ पदका लागि मतदान हुँदै छ ।

१७ गते चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यक्रम छ । एक लाख ५२ हजार ४६५ मनोनितको विवरण संकलन भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077