Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

१ करोड ७७ लाख मतपत्र छापियो, १ लाख ५३ हजारको उम्मेदवारी दर्ता

काठमाडौं । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि हालसम्म १ करोड ७७ लाख मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ ।

आयोगका अनुसार ७२ जिल्लाका लागि एक करोड ७७ लाख थान मतपत्र छाप्ने काम सम्पन्न भएको हो ।

निर्वाचनका लागि १ लाख ५३ हजार २ जनाको उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचन आयोगले बिहीबार गरेको पत्रकार भेटघाट कार्यक्रममा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले अपराह्न ४ बजेसम्म १ लाख ५३ हजार ४५ जनाको उम्मेदवारी परेको जानकारी दिएका हुन् ।

देशभर ७५३ पालिका प्रमुख, सोही संख्यामा उपप्रमुख, ६ हजार ७४३ वडाध्यक्ष, त्यत्ति नै महिला र दलित सदस्य तथा १३ हजार ४८३ सदस्यका लागि निर्वाचन हुँदैछ ।

केही पालिका प्रमुख, वडाअध्यक्ष तथा सदस्यका लागि एकल मनोनयन परेकाले निर्वाचनबाट जनप्रतिनिधि छानिने संख्या केही घट्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077