Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

भारतमा १२२ वर्षयताकै सबैभन्दा बढी गर्मी, दसौं लाख मानिसको जनजीवन प्रभावित

एजेन्सी । भारतमा प्रचण्ड गर्मीका कारण दसौं लाख मानिसको जनजीवन प्रभावित बनेको छ । विगतका वर्षहरूमा मे र जुन महिनामा उष्णलहर सामान्य हुने गरेको भए पनि यो वर्ष छिट्टै गर्मी सुरु भएको हो ।

भारतको मौसम विज्ञान विभागका अनुसार उष्णलहर तत्काल कम हुने सम्भावना नदेखिएको जनाएको छ । मध्य र पश्चिमोत्तर भारतको तापक्रम यसै साता मात्रै कम्तीमा २ देखि ४ डिग्री सेल्सियससम्म वृद्धि भएको विभागले जनाएको छ । यस वर्षको मार्चमा १२२ वर्षयताकै सबैभन्दा गर्मी भएको जनाइएको छ ।

भारतको मौसम विज्ञान विभागले अत्यधिक गर्मीका कारण कम्तीमा १५ वटा राज्य प्रभावित भएका जनाएको छ । सामान्यतः गर्मीका कारण खासै असर नपुग्ने हिमाचल प्रदेशसमेत यसपटक प्रभावित भएको बीबीसीले उल्लेख गरेको छ ।

राजधानी दिल्लीको तापक्रम यसै साता ४४ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान गरिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार बिहीबार दिल्लीको तापक्रम ४३ डिग्री सेल्सियससम्म पुगेको थियो । विभागका वरिष्ठ वैज्ञानिक नरेश कुमारका अनुसार स्थानीय वातावरणीय तत्त्वहरूका कारण अनपेक्षित रूपमा तापक्रम वृद्धि भएको बताउँछन् ।

गर्मी अत्यधिक बढ्दै गएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तापक्रम वृद्धि निकै छिटो भएको जनाउँदै सुरक्षाका उपाय अवलम्बन गर्न आग्रह गरेका छन् ।

‘देशमा निरन्तर र सामान्य अवस्थाभन्दा छिटो तापक्रम बढिरहेको छ,’ मोदीले राज्यका मुख्यमन्त्रीहरूसँग भनेका छन् । प्रधानमन्त्री मोदीले तापक्रमको वृद्धिका कारण आगलागीका घटनामा वृद्धि हुने भन्दै सचेतसमेत गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077