Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कांग्रेसले भन्यो-उम्मेदवारी फिर्ता नलिए ‘बागी’ सहित प्रस्तावक र समर्थकलाई कारबाही गर्छौं

    कांग्रेसले भन्यो-उम्मेदवारी फिर्ता नलिए ‘बागी’ सहित प्रस्तावक र समर्थकलाई कारबाही गर्छौं

    अनलाइन नेपाल
  • शुक्रबार, १६ बैशाख २०७९
  • 1.9K
    SHARES

    काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा बागी उमेदवारहरूलाई पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएको छ । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै विद्रोही उमेदवार, निजको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित हुने जानकारी दिएका हुन् ।

    यदी कसैले आधिकारीक उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएको भए शुक्रबार साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिएर आधिकारीक उम्मेदवारलाई जिताउन सहयोग गर्न पनि पार्टीले निर्देशन दिएको छ ।



    “२०७९ वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टीका आधिकारिक उमेदवारका विरुद्ध पार्टीका कुनै सदस्यले विद्रोही उमेदवारी दर्ता गरेरगराएको भए निर्वाचन आयोगद्वारा तोकिएको मिति र समय (आज वैशाख १६ गते शुक्रबार बिहान १० देखि ५ बजेसम्म) उमेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उमेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्नुहुन निर्देशानुसार अनुरोध गरिन्छ,” विज्ञप्तिमा लेखिएको छ ।



    विज्ञप्तिमार्फत तोकिएको समयभित्र ‘बागी’ उमेदवारी फिर्ता नलिए पार्टीबाट स्वतः निष्कासित हुने चेतावनी पनि दिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार