Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आयुक्त थपलिया भन्छन्-‘मतपत्र च्यात्छु र चपाउँछु भन्ने नसोच्नु, कडा कागजमा छापिएको छ’

    आयुक्त थपलिया भन्छन्-‘मतपत्र च्यात्छु र चपाउँछु भन्ने नसोच्नु, कडा कागजमा छापिएको छ’

    अनलाइन नेपाल
  • शुक्रबार, १६ बैशाख २०७९
  • 1.6K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पालिका चुनावका लागि मतपत्र कडा कागजमा छापिएको बताएका छन् ।

    उनले मतपत्र कडा कागजमा छापिएको भन्दै राजनीतिक दलहरूले मतपत्र च्यात्छु र चपाउँछु भन्ने सोच नराख्न आग्रह गरेका हुन् । आज शुक्रवार राष्ट्रिय तथा जिल्लास्तरका पर्यवेक्षकहरूका लागि अन्तरक्रिया र अभिमूखीकरण कार्यक्रममा बोल्दै उनले सो कुरा बताए ।



    प्रमुख निर्वाचन आयुक्त थपलियाले विगतमा भएका गल्तीका कारण आयोगमाथि बत्ती निभ्छ कि निभ्दैन जस्ता आरोपहरू लागिरहेको भन्दै लोकतन्त्रमा विश्वास गरेर उम्मेदवारी दिने दल र उम्मेदवारहरूलाई मतपत्र च्यातेर र चपाएर जित्छु भन्ने सोचबाट मुक्त हुन आग्रह गरे ।



    उनले भने, ‘लोकतन्त्रलाई विश्वास गरेर उम्मेदवारी दिने राजनीतिक दल र उम्मेदवारहरू यत्ति कुरा हेक्का राखिदिनुहोस्, यो वर्षको मतपत्र अलिकति कडा कागजमा छापिएको छ, त्यस कारण यसलाई च्यात्ने र चपाउने सोचबाट मुक्त भइदिनुहोस् । यो अनुरोध हो । छाप्दै त्यसै गरी छापेको हो ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार