Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • हिमाली जिल्लाका मतपेटिका बाकस ल्याउन हेलिकोप्टर प्रयोग गरिने

    हिमाली जिल्लाका मतपेटिका बाकस ल्याउन हेलिकोप्टर प्रयोग गरिने

    अनलाइन नेपाल
  • शनिबार, २६ कार्तिक २०७९
  • 729
    SHARES

    फाइल तस्विर

    गोरखा । हिमाली जिल्लामा मतदानपछि मतपत्रका बाकस सदुमुकामसम्म ल्याउन हेलिकोप्टर प्रयोग गरिने भएको छ ।

    मतगणना कार्य सम्पन्न गर्न आयोगले यस्तो व्यवस्था गर्न लागेको हो ।



    हिमाली जिल्लामा मतपत्र खसालिएका मतका बाकस सदरमुकाममा ल्याएका मात्रै गणना गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।



    मतपत्रसहित निर्वाचन सामग्री हेलिकोप्टरबाटै पुर्‍याएका ती जिल्लामा मतदानपछि मतका बाकस सदरमुकाममा ढुवानी गर्न हेलिकोप्टर प्रयोग गरिने भएको हो । मतदान भएको १० दिनभित्रै परिणाम बाहिर ल्याउने आयोगको तयारी छ । नागरिक दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार