Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • हेलिकोप्टर पाइलटलाई कुटपिट गर्ने ६ जना पक्राउ

    हेलिकोप्टर पाइलटलाई कुटपिट गर्ने ६ जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १० माघ २०७९
  • 528
    SHARES

    स्याङ्जा । प्रभु हेलिकोप्टरका पाइलटमाथि कुटपिट गर्ने ६ जना पक्राउ परेका छन्। स्याङ्जा प्रहरीले पाइलट रानेश डंगोलमाथि कुटपिट गर्नेहरूलाई सोमबार बेलुका पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा वालिङ नगरपालिका-९ का यमबहादुर गुरुङ र सोही नगरपालिका(८ का सुरेश श्रेष्ठ रहेको प्रहरीले जनाएको छ। प्रहरीले हेलिकोप्टर चार्टर्ड गर्ने चार जनालाई पनि पक्राउ गरेको छ।



    पक्राउ पर्नेमा वालिङ नगरपालिका-९ का विनोद गैरे, सुशील गिरी, उज्वल थापा र खिमबहादुर राना रहेका छन्। उनीहरूलाई वडा प्रहरी कार्यालय वालिङले पक्राउ गरेको हो। गत बिहीबार उनीहरूले पोखराबाट प्रभुको हेलिकोप्टर चार्टर्ड गरी वालिङ लगेका थिए।



    वालिङ फुटबल मैदानमा प्रतियोगिता सञ्चालन भइरहेकै अवस्थामा हेलिकोप्टर अवतरण गराएपछि पाइलटमाथि कुटपिट भएको थियो। पक्राउ परेका उनीहरूलाई प्रहरीले मंगलबार जिल्ला अदालतमा पेस गरेको जिल्ला प्रहरी कार्यालयका स्याङ्जाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार