Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सिम्रिक एयर दुर्घटना : घाइतेमध्ये एकजनाको मृत्यु

    सिम्रिक एयर दुर्घटना : घाइतेमध्ये एकजनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २२ बैशाख २०८०
  • 477
    SHARES

    काठमाडौं । संखुवासभामा भएको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा घाइतेमध्ये एकजनाको मृत्यु भएको छ ।

    दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको हो । दुर्घटनामा चार जना घाइते भएका छन् ।



    मृतक गुरुङ हेलिकप्टरमा सहयोगीका रूपमा काम गर्दै आएका थिए । शुक्रबार दिउँसो १ बजेर १० मिनेटमा भोटखोला गाउँपालिका–४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकप्टर दुर्घटना भएको थियो ।



    क्याप्टेन सुरेन्द्र पौडेल, कोपाइलट छिरिङ भोटे, सहयोगी मनोज थापा, विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर गम्भीर घाइते छन् ।

    हटिया गोलाको छोङग्राङबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर उडेको हेलिकप्टर सिप्ररुङको हम्मरेडाँडामा रुखमा ठोक्किएको थियो

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार