Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • खेल चलिरहेको मैदानमा हेलिकोप्टर ल्यान्ड गरेपछि पाइलटमाथि कुटपिट

    खेल चलिरहेको मैदानमा हेलिकोप्टर ल्यान्ड गरेपछि पाइलटमाथि कुटपिट

    अनलाइन नेपाल
  • बिहिबार, ५ माघ २०७९
  • 525
    SHARES

    स्याङ्जा । फुटबल खेल चलिरहेको बेलामा मैदानमा हेलिकोप्टर ल्यान्ड गरेपछि हेलिकोप्टरका पाइलटमाथि कुटपिट भएको छ।

    बिहीबार अपराह्न स्याङ्जाको वालिङ नगरपालिका–८ मा रहेको खेल मैदानमा हेलिकोप्टर ल्यान्ड गरेपछि पाइलटमाथि कुटपिट भएको हो ।



    प्रथम वालिङ गोल्ड कपमा दोस्रो सेमिफाइनलतर्फ आयोजक वालिङ रातो र एभनिर एफसी बीचको खेल चलिरहेको थियो। मैदानमा खेल चलिरहेकै बेलामा प्रभु हेलिकोप्टर ल्यान्ड गरिएपछि हेलिकोप्टरका क्याप्टेन रमेश डङ्गोलमाथि हातपात भएको हो।



    पोखराबाट चार्टर गरेर लगिएको हेलिकोप्टर ल्यान्ड गरेपछि आक्रोशित युवाले क्याप्टेन डङ्गोललाई हातपात गरेका हुन्। खेलको पहिलो हाफ चलिरहँदा हेलिकोप्टर खेलमैदानमा झारिएको थियो।

    खेल चलिरहँदा मैदानमै हेलिकोप्टर बसेपछि स्थानीय युवाहरू आक्रोशित बनेका थिए। उनीहरूको कुटाइबाट क्याप्टेन डङ्गोलको नाक तथा मुखबाट रगत निस्किएको छ। वालिङ नगरपालिका–९ का विनोद गैरे, खिमबहादुर थापा, सुशील गिरी, सुशील थापाले उक्त हेलिकोप्टर ४० हजार रुपैयाँमा चार्टर गरेर वालिङ लगेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार