Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंका मेयरका उम्मेदवार बालेनले चुनाव चिन्ह ‘लौरो’ पाउँदा धनगढी उपमहानगरका गोपालले पाए ‘आँप’

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका र्‍यापर बालेन शाहले चुनाव चिन्ह पाएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार उनलाई चुनाव चिन्ह ‘लौरो’ प्रदान गरेको हो। शाह चिन्ह लिन शनिबार मध्यान्ह काठमाडौंको सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।

स्वतन्त्र उम्मेदवार शाहले गत आइतबार महानगर प्रमुखका लागि उम्मेदवारी दर्ता गराए थिए।

मुख्यतयः गठबन्धनकी उम्मेदवार सिर्जना सिंह र नेकपा एमालेका उम्मेदवार केशव स्थापितसँग चुनावी मैदानमा होमिएका शाहले आफ्नो जीत सुनिश्चित भएको बताउँदै आएका छन् ।

यसैबीच धनगढी उपमहानगरका मेयरका उम्मेदवार गोपाल हमालले पाए चुनाव चिन्ह ‘आँप’ पाएका छन् । मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरूले उनलाई ‘आँप’ चुनाव चिन्ह वितरण गरेको बताएका हुन्।

विवेकशील साझा पार्टी छाडेका गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेका थिए। हमाल चार वर्षदेखि विवेकशील साझा पार्टीको सुदूरपश्चिम प्रदेश संयोजक थिए।

हमाल ०७४ कै स्थानीय तह चुनावमा धनगढीमा स्वतन्त्र ढंगले मेयर उठेका थिए। तर नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडसँग उनी पराजित भए। त्यसबेला वडले १४३२४ मत ल्याउँदा हमालले ११ हजार पाँच सय २७ मत ल्याएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077