Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कांग्रेसले गठन गर्‍यो देशव्यापी कार्यक्रम समन्वय उपसमिति, संयोजकमा धनराज गुरुङ

    कांग्रेसले गठन गर्‍यो देशव्यापी कार्यक्रम समन्वय उपसमिति, संयोजकमा धनराज गुरुङ

    अनलाइन नेपाल
  • शनिबार, १७ बैशाख २०७९
  • 984
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसको ‘देशव्यापी कार्यक्रम समन्वय उपसमिति’ को उपसभापति संयोजकमा धनराज गुरुङ चयन भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले शनिबार गुरुङलाई उपसमितिको संयोजक चयन गरेका हुन् ।

    उपसमिति सदस्यहरूमा सहमहामन्त्रीद्वय महेन्द्र यादव र जीवन परियार, केन्द्रीय सदस्य नानु बास्तोला र सदस्यसचिवमा केन्द्रीय कार्यालयका सचिव डा. प्रदीप पराजुली छन् ।



    पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिको यही वैशाख २ गतेको निर्णयानुसार उपसमिति गठन गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।



    उपसमितिले देशभरका पालिका एवं विभिन्न स्थानमा आयोजना गरिने सभाहरूको आवश्यक समन्वय, केन्द्रीय वक्ताहरूको चयन एवं परिचालन गर्ने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार