Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रियल मड्रिडले जित्यो ला लिगाको उपाधि

एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा स्पानोयललाई हराएसँगै रियल मड्रिड लिग च्याम्पियन बनेको छ।

सान्टिआगो बर्नेबेउ स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली मड्रिडले स्पानोयललाई ४-० गोलअन्तरले हराएसँगै चार खेल अघि नै उपाधि सुरक्षित गरेको हो ।

कार्लो एन्सेलोटीको टिमका लागि रोडरिगोले दुई गोल गरे । उनले पहिलो हाफको ३३ र ४३ औं मिनेटमा गोल गरे । दोस्रो हाफमा मार्को एसेन्सिओले ५५ औं मिनेटमा गोल गरेयता करिम बेन्जेमाले ८१ औं मिनेटमा चौथो गोल थपे ।

यो जितपछि रियलको ८१ अंक भएको छ र लिगमा चार चरणको खेल बाँकी छँदा उसलाई कसैले उछिन्न सक्ने छैन । दोस्रो स्थानमा रहेको सेभियाको ६४ अंक रहेको छ । रियल चार खेल अगाडि नै लिग जित्न सफल रहेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077