Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • स्थानीय तह निर्वाचन : कांग्रेसका ३० हजार ६२८ उम्मेदवार चुनावी मैदानमा

    स्थानीय तह निर्वाचन : कांग्रेसका ३० हजार ६२८ उम्मेदवार चुनावी मैदानमा

    अनलाइन नेपाल
  • आइतबार, १८ बैशाख २०७९
  • 858
    SHARES

    फाइल तस्विर

    काठमाडौं । स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट ३० हजार ६२८ जनाले उम्मेदवारी दिएका छन् । आइतबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।

    त्यसमा कांग्रेसका तर्फबाट देशरभका ६ महानगरपालिका, ११ उपमहानगरपालिका र २ सय ७६ नगरपालिका गरी २ सय ९३ जना नगरपालिकाका मेयरमध्ये २ सय ६५ जना उम्मेदवार रहेको कांग्रेसले जनाएको छ । यस्तै २ सय ९३ उपमेयर पदमध्ये एक सय ९४ जना उपमेयर उम्मेदवारी परेको छ ।



    यस्तै ४६० गाउँपालिका अध्यक्ष पदमध्ये ३ सय ७२ मा कांग्रेसको उम्मेदवारी पर्दा ३ सय ४० गाउँपालिका उपाध्यक्ष पदमा उम्मेदवारी कायम रहेको छ । यसैगरी देशभरका ६ हजार ७ सय ४३ वडाध्यक्ष पदमध्ये ६ हजार ४३ मा, ६ हजार ७ सय ४३ कै संख्यामा हुने क्रमशः महिला वडा सदस्य पदमा ५ हजार ९ सय ३८, दलित महिला वडा सदस्यमा ५ हजार ६ सय ९१ जना उम्मेदवारी कायम भएको छ ।



    गठबन्धनमा तालमेल मिलाउने क्रममा पार्टीका ६२३ उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएको पनि कांग्रेसले जनाएको हो । देशभरका ७५३ स्थानीय तहका ३५ हजार २ सय २१ पदका लागि वैशाख ३० गते निर्वाचन हुँदै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार