Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ला लिगा : मालोर्कालाई हराउँदै दोस्रो स्थानमा उक्लियो बार्सिलोना

एजेन्सी । स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएकोको खेलमा बार्सिलोनाले रोमाञ्चक जित हात पारेको छ ।

घरेलु टोली बार्सिलोनाले मालोर्काविरुद्ध २–१ को जित हात पारेको हो ।

क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन मेम्फिस डिपाए र सर्जियो बुस्केट्सले एकरएक गोल गरे ।

मालोर्काका लागि एन्टोनियो राइलोले एक गोल फर्काए ।

यो जितसँगै बार्सिलोना अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले ३४ खेलमा ६६ अंक जोड्दा पराजित मालोर्का समान खेलबाट ३२ अंकका साथ १६ औं स्थानमा छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077