Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल प्रहरी र सशस्त्रका आईजीपीले लगाए फुली

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी )धिरजप्रताप सिंहले दर्ज्यानी चिन्ह लगाएका छन् । गृह मन्त्रालयले सोमबार बिहान आयोजित कार्यक्रममा महानिरीक्षक सिंहले दर्ज्यानी चिन्ह लगाएका हुन्।

आईजीपी सिंहलाई गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले दर्ज्यानी चिन्ह लगाइ दिएका हुन् । सरकारले आईतवार सिंहलाई आईजीपीमा बढुवा गरेको थियो।

तर,वरीयताका क्रममा आफू भन्दा कनिष्ठ रहेका सिंहलाई सरकारले आईजीपी बनाएको भन्दै एआईजीद्वय विश्वराज पोखरेल र सहकुल थापा असन्तुष्ट छन् ।

उनीहरु सर्वोच्च अदालत जाने तयारीमा छन् । प्रहरीमा आईजीपीका चार जना दाबेदार थिए । पोखरेलले आफ्नो ब्याचका चारजना र अघिल्लो ब्याचका ७ जनालाई वरीयता मिचेर उछिनेका थिए।

जसका कारण प्रहरीको चेन अफ कमाण्डमा समस्या र प्रहरीभित्र असन्तुष्ट सुरु भएको थियो।

उनी भन्दा सक्षम र क्षमतवान उत्तमराज सुवेदी,  दिवेश लोहनी,  वसन्तकुमार लामा डिआईजी नै छन्। पोखरेललाई केपी ओली, ईश्वर पोखरेल र चोलेन्द्रशमशेरले वरीयता मिच्न साथ दिएका थिए। पोखरेलका लागि नयाँ दरबन्दी खडा गरेर बढुवा गरिएको थियो।

विश्वराज पोखरेल, सहकुल थापा, धिरजप्रताप सिंह र रवीन्द्र धानुक आइजिपीका दाबेदार थिए । यस्तै सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले पनि दर्ज्यानी चिन्ह लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077