Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • करको दायरा बढाउने भन्दै कोइरालाले भने-म भ्रष्टाचार गर्दिन अरुलाई पनि गर्न दिन्न

    करको दायरा बढाउने भन्दै कोइरालाले भने-म भ्रष्टाचार गर्दिन अरुलाई पनि गर्न दिन्न

    अनलाइन नेपाल
  • सोमबार, १९ बैशाख २०७९
  • 939
    SHARES

    विराटनगर । नेपाली कांग्रेसले विराटनगरका उद्योगी व्यवसायीसँग चुनावी रणनीति र तयारीबारे छलफल गरेको छ ।

    कांग्रेसबाट विराटनगर महानगरपालिकाका प्रमुखका उम्मेदवार नागेश कोइरालाले चुनावी अवस्था र विराटनगरको आर्थिक तथा औद्योगिक विकासका विषयमा केन्द्रित भई छलफल गरिएको बताए ।



    उनले करको दर घटाइ दायरा फराकिलो बनाउने विषयमा सुझाव मागेका थिए ।करको दायरा बढाउने र कर घटाउने विषयमा आफू प्रष्ट भएको भन्दै उनले भने, “म भ्रष्टाचार गर्दिन । अरुलाई पनि गर्न दिन्न ।”



    कोइरालाले सडक निर्माण, शुद्ध पिउने पानीको व्यवस्था र विराटनगरको दीर्घकालीन सरसफाइ आफ्नो प्राथमिकताका कार्यक्रम रहेको उल्लेख गरे । कर वृद्धिले मुलुकको अर्थतन्त्रमा पारेको समस्याबारे उद्योगी एवं व्यवसायीले आ–आफ्नो धारणा राखेका थिए ।

    छलफल कार्यक्रममा कांग्रेस नेता डा शेखर कोइराला, विमलेन्द्र निधि र महेश आचार्य पनि सहभागी थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार