Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

लुम्बिनी प्रदेश कमिटीका ६ सदस्यसहित २१ जनालाई एमालेले गर्यो कारबाही

रुपन्देही । नेकपा एमालेले लुम्बिनी प्रदेश कमिटीका ६ जना सदस्यसहित २१ जनालाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा रुपन्देहीका १५ जना रहेका छन् ।

एमालेको प्रदेश र जिल्ला कमिटीले छुट्टाछुट्टै विज्ञप्ति जारी गरि पार्टीको निर्णय विरुद्ध लागेको भन्दै उनीहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको उल्लेख गरेको छ ।

यसरी निष्काशित हुनेहरूमा कपिलवस्तुका कुमार मधु बेलबासे, पाल्पाका रामबहादुर रावल र दिनेश रावल, प्यूठानका टिकाबहादुर गुरुङ, रुपन्देहीका सञ्जय गुप्ता र बाबुलाल यादव रहेका छन् ।

यस्तै रुपन्देहीका ७ वटा पालिकामा स्वतन्त्र उम्मेदवारी दिएकासहित १५ जनालाई पनि साधारण सदस्य नरहने गरी पार्टीले निष्कासन गरेको छ ।

पार्टीबाट टिकट नपाएपछि उनीहरुले वडाध्यक्ष र सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । जसमा देवदह नगरपालिका–१ का हरिबहादुर तामाङ, वडा नम्बर ५ का तोलराज विक, वडा नम्बर ७ का पदम थापा, ओमसतिया गाउँपालिका वडा नम्बर २ का इन्द्रजित यादव, वडा नम्बर ४ का बेचुराम जैयसवाल र वडा नम्बर ४ का रामशंकर चाई रहेका छन् ।

यस्तै रोहिणी गाउँपालिका वडा नम्बर १ का अनिता हरिजन, २ का कान्छा कोहार, ४ का नन्दकिशोर कुर्मी, ५ का पशुपतिनाथ यादव, बुटवल उपमहानगरपालिका वडा नम्बर १६ की बबिता आचार्य, सियारी गाउँपालिका वडा नम्बर ४ का श्रीप्रसाद श्रेष्ठ, गैडहवा गाउँपालिका वडा नम्बर ६ का नरेन्द्रप्रताप सिंह, तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का हरी पाण्डे र ५ का हरी पौडेलले एमालेबाट विद्रोह गरी उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077