Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कांग्रेसले भन्यो-‘विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थकलाई विज्ञप्ति निकालेर निस्क्रिय पार्नू’

    कांग्रेसले भन्यो-‘विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थकलाई विज्ञप्ति निकालेर निस्क्रिय पार्नू’

    अनलाइन नेपाल
  • सोमबार, १९ बैशाख २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले विद्रोही उम्मेदवार, विद्रोही प्रस्तावक र समर्थकलाई सार्वजनिक रुपमा वक्तव्य जारी गरेर उम्मेदवारी निस्क्रिय गराउन निर्देशन दिएको छ ।

    कांग्रेस केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गरेर विद्रोही उम्मेदवार, विद्रोही प्रस्तावक र समर्थकलाई सार्वजनिक रुपमा वक्तव्य जारी गरेर उम्मेदवारी निस्क्रिय गराउन निर्देशन दिएको हो ।



    कांग्रेसले वैशाख २१ गतेभित्र उम्मेदवारी निस्क्रिय गरी पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउन सहयोग गर्ने प्रतिवद्धतासहित सक्रिय रहने विद्रोही उम्मेदवार, उम्मेदवारका प्रस्तावक र समर्थकमाथि हुने कारबाहीमा केन्द्रले आवश्यक प्रक्रिया पुर्याइ पुनर्विचार गर्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।



    ‘२०७९ वैशाख २१ गतेभित्र आफ्नो उम्मेदवारी निश्क्रिय गरी पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउन सहयोग गर्ने प्रतिवद्धता सहित, सक्रिय रहने विद्रोही उम्मेदवार र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक उपर पार्टी विधान बमोजिम हुने कारवाहीमा पार्टी केन्द्रले आवश्यक प्रक्रिया पु¥याई पुर्नविचार गर्न सक्ने समेत सम्बन्धित सबैलाई निर्देशानुसार जानकारी गराइन्छ’, विज्ञप्तिमा उल्लेख छ ।

    हेर्नुहोस् यस्तो छ विज्ञप्ति :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार