Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एआईजी थापा काममा फर्किए

काठमाडौं । सरकारले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेपछि असन्तुष्टि जनाउँदै विदामा बसेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुलबहादुर थापा काममा फर्किएका छन् ।

तेस्रो नम्बर वरीयताका एआईजी आईजीपी बनाएको भन्दै एआईजी विश्वराज पोखरेल र सहकुलबहादुर थापाले विदा लिएका थिए ।

पोखरेलको एक महिना र थापाको १० दिन विदा निवर्तमान प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले स्वीकृत गरिदिएका थिए ।

तर सोमबार गृहमन्त्री बालकृष्ण खाण, गृहसचिव टेकनारायण पाण्डे र प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहसँग भेट गरेपछि उनी काममा फर्किन सहमत भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077