Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अल्मुताइरी र खेलाडीबीच विवाद : समाधान गर्न छानबिन समिति गठन गर्दै एन्फा

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीबीचको विवाद समाधान गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले छानबिन समिति गठन गर्ने भएको छ ।

मंगलबार खेलाडी र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाबीच भएको छलफलपछि दुवै पक्ष छानबिन समिति गठन गर्न राजी भएका हुन् ।

बुधबार छानबिन समिति गठन गर्ने र त्यसले चार दिनभित्र निष्कर्ष निकाल्नेमा खेलाडी सहमत भएको एन्फाका अध्यक्ष शेर्पाले जानकारी दिए ।

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको कार्यशैलीमा असहमति जनाउँदै बन्द प्रशिक्षणमा रहेका १० खेलाडीले क्याम्प छाडेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077