Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

आयोगले स्थानीय तहका उम्मेदवारलाई फेरि भन्यो-चुनावी खर्च बैंक खातामार्फत मात्रै गर्नू

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहका उम्मेदवारलाई चुनावी क्रियाकलापको खर्च बैंक खातामार्फत मात्रै गर्न पुनः निर्देशन दिएको छ ।

निर्वाचन आचारसंहिता अनुसार उम्मेदवारले चुनावी खर्च गर्दा बैंकमा खाता खोलेर गर्ने र खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्ने व्यवस्था कार्यान्वयन गर्न आयोगले सबै दल र उम्मेदवारलाई पुनः सचेत गराएको हो ।

यस्तै, पच्चीस हजार रूपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैङ्क वा वित्तीय संस्थामार्फत गर्नुपर्ने, व्यक्ति वा संस्थाबाट चन्दाको रूपमा नगद लिएमा त्यो रकम बुझेको रसिद वा भरपाइ दिएर उम्मेदवारको वा राजनीतिक दलको बैङ्क खातामा जम्मा गर्नुपर्ने, खर्चको विवरण तथा बिल भरपाइ राख्नुपर्ने, आम्दानी तथा खर्चको विवरण प्रचलित कानुन बमोजिम आयोगले तोकेको ढाँचामा निर्वाचन कार्यालय वा आयोगमा बुझाउनु पर्ने पनि आयोगले जनाएको छ ।

मंगलबार आयोगले विज्ञप्ति जारी गरी आयोग ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय_ ऐन, २०७३ तथा निर्वाचन आचारसंहितालाई ख्याल गरी बैंक मार्फत मात्र खर्च गर्न आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077