Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राहुल गान्धी ठमेलको एलओडी गएकोबारे भारतीय कंग्रेस बोल्यो-विवाह समारोहमा जानु अपराध होइन

काठमाडौं । नेपाल भ्रमणमा आएका नेता राहुल गान्धी नाइट क्लब गएकोबारे भारतीय कंग्रेसले स्पष्टीकरण दिएको छ । उनी सोमबार मध्यराति ठमेलस्थित लर्डस् अफ ड्रिंग्स (एलओडी) गएका थिए ।

सोमबार साँझ भिस्तरा एयरलाइन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका उनी एलओडी पुगेका हुन् । आफ्ना साथीहरूसँग त्यहाँ पुगेका उनको भिडिओ क्लिप बाहिरिएपछि भारतमा हलचल भएको थियो ।

भिडिओ क्लिप बाहिरिएपछि भाजपाका नेताहरूले ट्विट गर्दै गान्धीको आलोचना गरिरहेका छन् । त्यसबारेमा कंग्रेसका प्रवक्ता रन्दीप सुर्जेवालाले मंगलबार मिडिया ब्रिफिङमा आफ्ना साथीको विवाह समारोहमा जानु अपराध नभएको भन्दै स्पष्टीकरण दिएका छन्।

भारतीय जनता पार्टी (भाजपा) नेताहरूले विरोध गर्न थालेपछि कंग्रेसले गान्धीको बचाउ गर्दै स्पष्टीकरण दिएको हो । सुर्जेवालाले उक्त घटना सन् २०१५ मा प्रधानमन्त्री नरेन्द्र मोदी पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफकी छोरीको विवाहमा पुग्नुभन्दा कम गम्भीर भएको बताए ।

सोमबार अपराह्न ५ बजे त्रिभुवन विमानस्थलमा उत्रेका उनी एलओडीमा मध्यराति ११ बजेर ४५ मिनेटमा पुगेका हुन् । उनी क्लबमा करिब डेढ घण्टा बसेका थिए। गान्धी बिना सुरक्षा गार्ड क्लबमा पुगेका थिए । करिब २५ जनासहित उनी त्यहाँ पुगेका थिए । उनी त्यहाँ अलर्फट होटलबाट त्यहाँ पुगेका हुन् । गान्धीको सम्पूर्ण सुरक्षा व्यवस्था क्लबकै सुरक्षा गार्ड मिलाएका थिए ।

गान्धी क्लबको भिआइपी सेक्सनमा उभिए । क्लब भित्रको लाइट र संगीतसँगै केही क्षण हल्लिएको पनि देखिन्थे । उनी पूर्व राजदूत भीम उदासकी छोरी सुम्‍निमा उदासको वैवाहिक समारोहका लागि नेपाल आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077