Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आज बैशाख २१ गते बुधवार, हेर्नुहोस् तपाईंको राशिफल

    आज बैशाख २१ गते बुधवार, हेर्नुहोस् तपाईंको राशिफल

    अनलाइन नेपाल
  • बुधबार, २१ बैशाख २०७९
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । आज २०७९ बैशाख २१ गते बुधवारको राशिफल ।

    मेष



    आज विशिष्ट व्यक्तिको साथ र सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । धनार्जनका नयाँ काम र स्रोतहरू पत्ता लाग्नेछन् ।



    मिथुन

    आज दिन काट्न गारो पर्ला । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला । सरकारी निकायको भय रहला । कर्मक्षेत्र पनि सङ्घर्षशील नै रहनेछ ।

    सिंह

    आज कुनै कुराले मनमा शान्ति मिल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ, तर स्वास्थ्य मापदण्ड भने पूरा गर्नुहोला ।

    तुला

    जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्यमा समस्या आउनका साथै काम बिग्रन सक्छ, तर साँझमा केही शुभ र नयाँ समाचार पाइन सक्छ ।

    धनु

    आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनसक्छन् । कार्य क्षेत्रमा सफलता मिल्नेछ । आफन्तहरूको सहयोग पाइनेछ ।

    कुम्भ

    आज सामान हराउने भय रहने र मनमा वैराग्यको भावना पलाउन सक्छ । मनको डरले सताए पनि व्यवहारमा भने फाइदा हुन सक्छ ।

    बृष

    शुभ कार्यको चर्चा चल्नेछ । धार्मिक र सांस्कृतिक सामाजिक कार्यमा सरिक हुने सम्भावना छ, तर स्वास्थ्य सुरक्षा अपनाउनु पर्नेछ ।

    कर्कट

    कला र गलाको प्रभाव बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएको धन हातपर्न सक्छ ।

    कन्या

    परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । अधुरो काम पुनस् प्रारम्भ हुन सक्छ ।

    बृश्चिक

    आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । वाणिज्य क्षेत्रबाट विशेष लाभ रहनेछ ।

    मकर

    आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । शुभकार्यको चर्चा पनि चल्नेछ ।

    मीन

    आज राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिन सकिनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार