Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

आईजीपी नियुक्तिविरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुँदैछ । बुधबारको सुनुवाइ नसकिएपछि मुद्दालाई आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

एआईजी विश्वराज पोखरेलले आफू सिनियर हुँदा समेत जुनियर एआईजी (धीरजप्रताप सिंह) लाई आईजीपी बनाएको भन्दै दायर गरेको रिटमाथि न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सुनुवाइ भइरहेको छ।

बुधबार सरकारको तर्फबाट महान्यायाधिवक्ता खम्मबहादुर खातीसहित वरिष्ठ अधिवक्ता सुशील पन्त, अधिवक्ताहरू टिकाराम भट्टराई र भीमार्जुन आचार्यले बहस गरेका थिए।

पोखरेलको तर्फबाट वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलको नेतृत्वमा हरिहर दाहाल, मेघराज पोखरेल, ललित बस्नेतलगायत कानुन व्यवसायीले बहस गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077